३१ जेष्ठ २०८३, आइतबार

घरको बरण्डाबाट लडेर एक जना महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ६ असार । घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ ।

धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो ।

आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ ।

उच्च रक्तचापकी बिरामी रहेकी उनी बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लडेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।