
काठमाडौं, ६ असार । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध कायमै राखेका छन् । आजको बैठकमा पनि बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
यसैबीच, रास्वपा र राप्रपाकाको अवरोधका कारण सदनको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइएको छ । बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले विशेष कारणले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराए ।
प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएपनि रास्वपा र राप्रपाको नाराबाजीबीच सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखेकको राजीनामा माग राख्दै गत जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद् बैठक अवरोध गरिरहेका छन् ।








प्रतिक्रिया