४ श्रावण २०८३, सोमबार

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार रुपैयाँ सहयोग

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा, ६ असार । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्ने भएको हो । उनलाई तत्काल राहतस्वरूप सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताए ।

“नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो”, उनले भने ।

गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्यचौकीमार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ । हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ ।