३१ जेष्ठ २०८३, आइतबार

रोशी खोलामा फसेका पाँच जनाको सकुशल उद्धार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ६ असार । नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा आएको बाढीका कारण खोलाको बीचमा फसेका पाँच जनाको गएराति सकुशल उद्धार गरिएको छ ।

पाँच जना खोलाको बीचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्‍चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उनीहरुको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्‍चोकले जनाएको छ।

सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका– ४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका–५ का टिपर चालक मुस्कान तामाङ, तेमाल गाउँपालिका–५ का निर्माण व्यवसायी सञ्जय लामा, तेमाल गाउँपालिका–९ का टिपर चालक रेमन तामाङ र दोलखा भिमेश्वर नगरपालिका –९ का जेसिबी चालक समिर तामाङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।