२६ जेष्ठ २०८३, मंगलबार

राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ४ असार । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार मेसिन मर्मत हुन नसक्ने प्राविधिकहरू बताएका छन् ।

विसं २०७७ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिटीस्क्यान मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको थियो । मेसिन तीन करोड रुपैयाँमा खरिद भएको थियो ।