२० कार्तिक २०८३, शुक्रबार

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेकपा (एमाले) जनसंगठन संयन्त्रको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले आज विशेष सम्बोधन गर्दैछन् । अहिले बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रुपमा रहने छन् ।

पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नेछन् । नयाँ नेतृत्वलाई संगठन विस्तार, पार्टी र सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्‍याउने, मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रष्ट पार्ने ढकालले जानकारी दिए ।

यसैगरी, पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसंगठनबीचको समन्वयमा देखिएका अफठ्याराहरुलाई सहजिकरण गरेर संगठनको भूमिकालाई कसरी प्रभावकारी रुपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्नेछन् ।

नयाँ नेतृत्वलाई पार्टीको जनसंगठन संयन्त्रका नीति, विधि र भूमिकाका बारेमा जनसंगठन समन्वयका प्रमुखका बारेमा संयन्त्रका प्रमुख ढकालले प्रष्ट पार्नेछन् ।

बैठककमा हरेक जनसंगठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको अवस्थाका बारेमा रिर्पोटिङ गर्नेछन् । आजको बैठकबाट निवर्तमान अध्यक्षहरुलाई बिदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिए ।

एमालेका २३ जनसंगठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरु सुरु हुने चरणमा छन् ।