८ श्रावण २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

बिहान ८ः३० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेस पुराना नेता एवं पूर्वसांसद ढुण्डिराज शास्त्रीप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न र सम्मान साथ अन्तिम बिदाइ गर्नका लागि आकस्मिक बैठक बोलाइएको बताइएको छ । बैठकमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ ।

शास्त्रीको ९० वर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो ।

शास्त्री विसं २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।