२ असार २०८३, मंगलबार

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ असार । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।

गएराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।