
हेटौंडा, ३ असार । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गौरीटार रंगशालास्थित दामोदार चौलागाईंको गाईगोठबाट प्रहरीले ५ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीहरु ४५ वर्षीय दामोदार चौलागाईं, २९ वर्षीय विश्व स्याङ्तान, २९ वर्षीय सुदीप पोख्रेल, २९ वर्षीय प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार दिउँसो जुवा खालबाट ८१ हजार ३९० रुपैयाँ, ७ बुक तास र गोट्टीसहितको काठको लुडो समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि जुवासम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया