२७ असार २०८३, शनिबार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । संघीय संसदको प्रतिनिधि सभाअन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

मंगलबार बिहान साढे ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सिंहदरबारमा बस्दैछ ।

बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गरिदैछ । यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ ।

यस्तै, आज दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ८० औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।