२९ जेष्ठ २०८३, शुक्रबार

नेपाली शान्ति सैनिकको अदलीबदली

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा मिसनमा बदली गर्न चौथो समूह रहनेगरी ७७ जना शान्ति सैनिक गत जेठ ३० गते त्यसतर्फ गएका थिए ।

हाल त्यस मिसनमा १०७ जना शान्ति सैनिक कार्यरत रहेको जानकारी दिइएको छ ।