
काठमाडौं, २ असार । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलामा एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदीको मूल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया