
काठमाडौं, २ असार । इरान र इजरायलबीच चौथो दिन पनि लडाईं जारी छ ।
इजरायलले आइतबार राति इरानको विदेश मन्त्रालयमा आक्रमण गरेको छ । घटनामा १०० भन्दा बढी घाइते भएका छन् । यसको एक दिन अघि इजरायली सेनाले इरानी रक्षा मन्त्रालयमा पनि आक्रमण गरेको थियो ।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने १,२७७ जनाभन्दा बढी घाइते भएका छन् ।
अमेरिकास्थित ह्यूमन राइट्स एक्टिविस्ट्स समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यता इरानले पनि इजरायल विरुद्ध बदला लिएको छ । इरानले सोमबार बिहान मध्य इजरायलमा ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यसमा ४ जनाको मृत्यु भएको थियो भने ६७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलमा इरानी आक्रमणमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने ४५० भन्दा बढी घाइते भएका छन् ।








प्रतिक्रिया