२२ असार २०८३, सोमबार

एमाले मनहरीले गाउँपालिका अध्यक्षलाई बुझायो २१ बुँदे ध्यानाकर्षण पत्र

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनहरी, २ असार । नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले मनहरी गाउँपालिका नेतृत्वलाई २१ वटा बुँदामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टी अध्यक्ष नवीन सुवेदीको अगुवाइमा एमालेजनले मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई कार्यकक्षमै गएर ध्यानाकर्षण पत्र बुझाएको हो । आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम, बजेटको तयारी भइराख्दा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्रमा तत्कालीन समयमा एमाले नेतृत्वको स्थानीय सरकार हुँदा तय भएको पर्यटन विकाससम्बन्धी अवधारणालाई हालको नेतृत्वले हटाएर पालिकाको नाराबाटै पर्यटन शब्द गायव पारिएकोप्रति आपत्ति जनाइएको छ ।

त्यसैगरी, मनहरी गाउँपालिकाको राजश्व घट्दो क्रममा रहेको, एमाले नेतृत्वको स्थानीय सरकार हुँदा सुरु भएका गौरवका आयोजनाहरुमा बजेट विनियोजन नभएको जस्ता विषयहरु छन् ।