
मकवानपुर, ३१ जेठ । हेटौंडा–वीरगञ्ज सडक खण्डको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् ।
आज अपराह्न वीरगञ्जबाट हेटौंडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाई ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्यांकरलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।








प्रतिक्रिया