१६ असार २०८३, मंगलबार

बागमतीमा एमाले भक्तपुर बन्यो सदस्यता नवीकरण सम्पन्न गर्ने पहिलो जिल्ला

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) भक्तपुर बागमती प्रदेश कमिटीमा पार्टी संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने पहिलो जिल्ला बनेको छ ।

एमाले भक्तपुरले २०८२ सालको सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गरी शुल्कसहित सदस्यता विवरण प्रदेश कमिटीलाई बुझाएको एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इन्चार्ज डा. राजन भट्टराईले बताए ।

‘०८२ सालको नेकपा (एमाले) सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गरी शुल्कसहित सदस्यता विवरण प्रदेशमा बुझाउने काम बागमती प्रदेशका १३ जिल्ला मध्ये भक्तपुर पहिलो भएकोमा भक्तपुर जिल्ला नेतृत्व र सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई भन्न चाहन्छु ।’ डा. भट्टराईले भनेका छन् ।