३० असार २०८३, मंगलबार

भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दाबीच कुनै सम्बन्ध छैन : प्रचण्ड

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको अवरोध खुल्नु र पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको मुद्दाबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीका उपाध्यक्ष सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको हो भन्ने प्रश्नको जवाफमा उनले यी दुईबीच कुनै साइनो नरहेको जिकिर गरे । ‘यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गरेका छन् । त्यस्तो केही होइन’, उनले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन ।’

उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमति गरेको बताए । ‘एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्ने छ। लाखौँ शिक्षकको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित विषय अगाडि बढाउनुपर्ने छ’, प्रचण्डले भने, ‘यस्तो बेला सदन अवरोधले निकास ननिस्कने हुँदा सहमतिमा गएका हौँ ।’

भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफूहरूको जोड रहने भन्दै उनले गहिरो अध्ययन गहिरो हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्ने बताए ।