२२ जेष्ठ २०८३, शुक्रबार

बागमती प्रदेश सभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३० जेठ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो ।

आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको सभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।

आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् ।

प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।