३१ जेष्ठ २०८३, आइतबार

बकैया गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ जेठ । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको छ ।

बुधबार सम्पन्न औपचारिक कार्यक्रममार्फत बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको प्रमुख आतिथ्यतामा घोषणा गरिएको हो । गाउँपालिकाले खोपसम्बन्धी सम्पूर्ण मापदण्ड र प्रक्रिया पूर्ण गर्दै पूर्ण खोप निर्देशिका अनुसारको कार्यान्वयन सफलतापूर्वक सम्पन्न गरेको थियो ।

कार्यक्रममा जिल्ला खोप समन्वय समिति सदस्य सचिव कृष्णबहादुर मिजारले पालिका अध्यक्ष लामिछानेलाई पूर्ण खोप सुनिश्चिता घोषणापत्र हस्तान्तरण गरे । त्यसपछि पालिकाका १२ वटै वडा कार्यालय र १२ वटा स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको हातबाट प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन बकैया गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश फुँयालले गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।