३० असार २०८३, मंगलबार

गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालय २ दिन बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २८ जेठ । केही दिनदेखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्रलाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन् ।

उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो । यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ ।

सूचना अनुसार यो बन्द वार्षिक बिदाबाट कट्टा गरिनेछ ।