
काठमाडौं, २८ जेठ । संघीय संसदको प्रतिनिधि सभाअन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।
बुधबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७६औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८१औँ बैठक बिहानको ११ः३० बस्दैछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।








प्रतिक्रिया