२९ असार २०८३, सोमबार

आज दुई संसदीय समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । संघीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका एक/एक समितिका बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक ​बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठक दिउँसो १ बजे बस्नेछ ।