२१ जेष्ठ २०८३, बिहिबार

आइसिसी विश्वकप लिग–२ मा नेपाल र नेदरल्याण्ड्स भिड्दै

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् ।

खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको थियो ।

हालसम्म सिरिजमा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबार भने २ रनको हार व्यहोरेको थियो । यता नेदरल्याण्ड्स भने सिरिजमा जितविहीन छ ।

लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।