२० असार २०८३, शनिबार

माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २७ जेठ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा सोमबार आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ ।

नेपालको कम्युनिष्ट अन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो ।

उनको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा)लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै, पार्थिव शरीरमा विराट नेपाल भाषा साहित्य गुथिको झण्डासमेत ओढाइएको थियो ।

नेताहरूले श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रिया दिँदै उनको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने बताएका थिए । उनको सोमबारै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ ।