३१ जेष्ठ २०८३, आइतबार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य सोडारीको पद निलम्बन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीको पद निलम्बन भएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी गराएका हुन् ।

सोडारीले गैर कानूनी सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको छ ।