४ श्रावण २०८३, सोमबार

पूर्वमन्त्री सुब्बासहित तीनजनाविरुद्ध मुद्दा दर्ता

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ जेठ । नेपाल सरकारका पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बासहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

उनीहरूविरूद्व एक महिलाले मुद्दा दर्ता गराएकी हुन् । महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै सुब्बासहित इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध उजुरी दिएकी हुन्।

शाह पीडित महिलाका ससुरा हुन् । गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दुर्व्यवहार गरेको बताइएको छ ।

श्रीमान र ससुराले यातना दिएको भन्दै महिला माइती बस्दै आएकी थिइन् ।

उनले सम्बन्ध बिच्छेद र अशं मुद्दा दायर गरेकीमा पूर्वमन्त्री सुब्बाले मुद्दा फिर्ता गर्न दबाब दिँदै गोप्य अंगमा पनि खानतलासी गरेको उल्लेख गरेकी छिन् ।