
काठमाडौं, २६ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि छानबिन समितिके सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने निष्कर्ष विपक्षी दलले निकालेका छन् ।
आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विपक्षी दलको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष निकालेको हो ।
बैठकले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डसँग भएको सहमतिअनुसार छानबिन समिति बनाए मात्रै सदन चल्ने बताएको हो ।
कांग्रेसले अन्तिममा गृहमन्त्रीमाथि छानबिन नगरी अध्यागमनमा अबका दिनमा नीतिगत सुधारको लागि छानबिन समिति वा संयन्त्र बनाउनुपर्ने मात्रैको प्रस्ताव ल्याएपछि विपक्षीले भड्किएका हुन् ।








प्रतिक्रिया