२१ असार २०८३, आइतबार

‘समृद्ध नेपाल निर्माणका लागि जनप्रतिनिधि र पार्टी मिलेर काम गर्नुपर्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २६ जेठ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य पार्वत गुरुङले समृद्ध नेपाल निर्माणका लागि जनप्रतिनिधि र पार्टी मिलेर काम गर्नुपर्ने बताएका छन् ।

एमाले दोलखाले आयोजना गरेको जनप्रतिनिधि र पार्टी बीचको अन्तर्संवाद कार्यक्रमलाई चरिकोटमा सम्बोधन गर्दै गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु पर्ने र बन्ने विश्वास व्यक्त गर्दै त्यो एमालेको प्रतिबद्धता भएको बताए । एमालेले विगतदेखि उठाएका एजेन्डाहरू अहिले पनि पुरा गरेर अघि बढी रहेको उनले स्पष्ट पारे ।

यी सबै काम समृद्ध नेपाली सुखी नेपालीको महान् उद्देश्य बोकेर गरिएको गुरुङले बताए । ‘समृद्धिको एजेण्डा नेकपा एमालेले बोक्ने एजेण्डा हो’, उनले भने । अहिले विभिन्न पार्टीका नेताहरूले मैले बजेट ल्याए भनेर सामाजिक सञ्जालमा लेखिरहेका बताउँदै गुरुङले भ्रममा नपर्न आग्रह गरे । विकासको नेतृत्व गर्ने पार्टी एमाले भएकोले जसअपजसको जिम्मेवारी एमालेले बोकेर हिँडेको उनले बताए ।

दोलखामा धेरै गौरवका योजना परेका बताउँदै उनले त्यो एमालेले गरेको बताए । एमालले यस्ता योजना ल्यायौँ भनेर कतै फेसबुकमा लेखेर नहिँडेको उनले बताए । ‘अहिले जस लिनलाई मैले बजेट ल्याएँ भनेर फेसबुकमा लेख्नेहरूलाई देख्दा मलाई हास उठ्छ’, उनले भने ।

उनले अब दोलखाको अभियान सबै सडक कालोपत्रे गर्ने अभियान भएको बताए । यसका लागि स्थानीय तहले पनि योजना बनाउनु पर्नेमा गुरुङले जोड दिए । दोलखालाई अब अर्ग्यानिक दोलखा बनाउने योजना अघि सार्नु पर्नेमा उनले जोड दिए । ‘अब घर फर्को, प्रकृति तर्फ फर्कौँ, अब यो अभियान चलाऊँ’, उनले भने ।

अब किसानलाई बजारको अभाव हुन नदिने गरी योजना बनाउनु पर्ने गुरुङले बताए । यसले किसानलाई समृद्ध बनाउने उनको धारणा छ ।