२० जेष्ठ २०८३, बुधबार

बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २६ जेठ । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरेर दुई जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँसगढी –९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारु रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आइतबार शाहलाई आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

त्यसैगरी, बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लाग्दा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।