
काठमाडौं, २५ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसदको अवरोध कायमै राखेका छन् ।
सत्तापक्ष छानबिन गर्न तयार नहुनु र विपक्षी अडानबाट पछाडि नहट्दा संसद बन्धक बनेको हो ।
यसैबीच सत्तापक्षले विपक्षीलाई इग्नोर गर्दै संसद अगाडि बढाउने तयारी गरेको छ ।
सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफलपछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपनि संसद चल्ने बताएका हुन् ।









प्रतिक्रिया