९ असार २०८३, मंगलबार

सभामुखले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।

सत्तापक्ष र प्रतिपक्षा आ–आफ्नो अडानबाट टसमस नहुँदा बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखले सिंहदरबारमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।

छलफलमा सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्न नसकिने स्पष्ट पारेका थिए ।

यस्तै, प्रमुख विपक्षी दल माओवादी प्रमुख सचेतक पाण्डेले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने अडान कायमै राखेका हुन् ।