२३ असार २०८३, मंगलबार

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २५ जेठ । राप्ती नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो ।

नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।