२३ जेष्ठ २०८३, शनिबार

कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : शेखर कोइराला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए । कांग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामी सबैभन्दा ठूलो पार्टी छौँ । तर हामी तीन वर्षदेखि कहाँ छौँ ? सोध्नु भयो वा सोच्नु भयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुँदाहुँदै पनि करिब तीन वर्षदेखि केही भएको छैन् भनेर कसैले कसैलाई प्रश्न गर्दैन् । नेपाली कांग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो । तर किन बन्यो भनेर प्रश्न गर्दैनौँ । नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न सकिँदैन् भने दास हुन्छन् र तपाईं हामी कसैको दास होइन् ।’

यस्तै, उनले आफैं आफैं बीचमा लड्ने प्रवृत्तिले नेपाली कांग्रेसलाई कमजोर बनाउने भन्दै कांग्रेस आफैंमा चाहिँ कमजोर नभएको बताए । उनले तल्लो तहका जिल्लाबासीहरुले आफ्ना कुराहरु स्पष्ट रुपले राखेको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘कांग्रेस चलाएमान भएन भनेर भन्नुहुन्छ । म त के भन्छु भने कांग्रेस यति धेरै चलाएमान भएको मैले कहिले पाएको थिएन् । मलाई आज खुसी के कुरामा लागेको भने तल्लो तहको जिल्लाबासीले आफ्ना कुराहरु स्पष्ट रुपले राख्नुभयो । तर हामीहरु त्यो सुन्न तयार छैनौँ, नेताहरु त्यो सुन्न तयार छैन् ।’