२ असार २०८३, मंगलबार

शेखर गुटको भेला विराटनगरमा, तोकिएकै समयमा महाधिवेशन गर्न दबाब दिने निर्णय

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ जेठ । नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर कांग्रेसको शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ ।

शुक्रबार कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेश सभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका हुन् ।

भेलाले १५औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै दबाब बढाउने निर्णय समेत गरेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार भेलामा १५औँ महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, कोशी प्रदेशको सङ्गठन, चुनौतीहरू र समाधानका उपायहरूका विविध पक्षमा छलफल भएको छ ।

भेलाले ‘रि भिजिट बिपी, रिभाइप कांग्रेस’को नारामा केन्द्रित भएर पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको छ । अबको कांग्रेस चाल, चेहरा र चरित्रसहितको कांग्रेसको आवश्यक्ता जरुरी रहेको उल्लेख गर्दै सहभागीहरूले त्यसमा केन्द्रित हुन नेतृत्व वर्गलाई आग्रह समेत गरेका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापति दीपक चापागाईँ भन्छन्, ‘सबैभन्दा ठुलो गुनासो चाहिँ एकपक्षीय रूपमा सबै निर्णहरु भइरहेको छ र अर्को पक्षीयले पार्टी भित्र काम गर्नै नदिने अवस्था सृजना भएको छ ।’

भेलामा कोइराला पक्षीय नेता गुरुराज घिमिरे, प्रतिनिधि सभा सदस्य सरिता प्रसाईँ, कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

गुरुराज घिमिरे भन्छन्, ‘पार्टीमा के हुनुपर्दथ्यो ? के भइरहेको छ ? आग्रह पूर्वाग्रह नराखी भेला गरेका हौँ । साङ्गठनिक अवस्थाबारे चर्चा गर्न पनि छलफलको आयोजना गरेका हौँ ।’