
काठमाडौं, २३ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपालको मुद्दामा प्रतिशोधको गन्ध आएको बताएका छन् ।
आज संसद भवन परिसरमा प्रचण्डले माधव नेपालविरूद्व मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका हुन् ।
उनले यो मुद्दाबाट अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको उल्लेख गरे ।
‘माधवजीको विषयमा स्वयं उहाँ नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ । अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिटै सफाइ पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु । तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ,’ उनले भने ।








प्रतिक्रिया