
भक्तपुर, २३ जेठ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले अत्यन्तै अप्ठेरो स्थितिलाई पार गरेर अहिलेको अवस्थामा आएको बताएका छन् ।
एमाले वाग्मति प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा प्रशिक्षण दिँदै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताएका हुन् । ‘हामी अत्ति अप्ठेरा मोड पार गरेर अहिलेको अवस्थामा आइपुगेको छौं,’ उनले भने ।
ज्ञवालीले विगतका असजिलाको तुलनामा अहिले पार्टी खासै अप्ठेरोमा नभएको बताए । एमाले देशको सबैभन्दा ठुलो पार्टीको रूपमा बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको उनको भनाइ छ । यस्ता अवस्थामा पनि पार्टीमाथि भएको आक्रमण सामना गर्न नसक्नु लाचारी हुने उनले सुनाए ।
अहिलेको सबै खालका चुनौतीको एमालेले सहज सामना गर्ने उनले स्पष्ट पारेका छन् ।









प्रतिक्रिया