१९ असार २०८३, शुक्रबार

नागढुंगाबाट सुनसहित एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । काठमाडौंको नागढुंगा नाकाबाट सुनसहित एकजना पक्राउ परेका छन् ।

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार भारतीय नागरिकलाई चेकजाँचक क्रममा ४५ लाख बढी मूल्यको सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षका महादेव सामन्त रहेका छन् । उनको साथमा २७४।८३ ग्राम सुन बरामद भएको हो ।

थप अनुसन्धान भइरहेको छ ।