२९ जेष्ठ २०८३, शुक्रबार

महिमानसिंह विष्टले पनि दायर गरे उच्च अदालतमा निवेदन

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा राख्न पत्र लेखेर चर्चामा आएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले पनि उच्च अदालतमा निवेदन दिएका छन् ।

उनले बेरितको आदेश बदर गर्न माग गर्दै निवेदन दिएका हुन्। रेशम पक्राउ प्रकरणपछि पक्राउ परेका विष्टलाई जिल्ला अदालत काठमाडौंले एक लाख धरौटीमा छाड्न दिएको आदेश दिएको थियो । उक्त बेरितको आदेश बदर गर्न माग गर्दै उनले निवेदन दिएका हुन् ।

विष्टले बिहीबार दिएको निवेदनको सुनुवाइ आज न्यायाधीशहरू डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासमा तोकिएको छ । यसअघि रेशम चौधरीले पनि विष्टलाई थुनामै राख्न माग गर्दै उच्च अदालतमा निवेदन दिइसकेका छन् ।

जसमा जेठ २० गते सुनुवाइ गर्दै न्यायाधीश टंकप्रसाद गुरूङको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।