२३ जेष्ठ २०८३, शनिबार

पत्रकारमाथि हातपात प्रकरण : अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको प्रेस चौतारीको ठहर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार माथि हातपात गरेको घटनालाई प्रेस चौतारी नेपालले अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण भएको ठहर गरेको छ ।

श्रमजीवी पत्रकार माथि भएको यो आक्रमणको विरुद्ध सशक्त आवाज उठाउन चौतारीले आह्वान गरेको छ ।

‘काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पाटी कार्यालय बाहिर २०८२ जेठ २२ गते फोटो पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहार प्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ, श्रमजीवी पत्रकारमाथि भएको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर छ, श्रमजीवी, सक्रिय पत्रकारमाथि आइपरेको संकटमा मूकदर्शक नभई सशक्त आवाज उठाउन नागरिक समाज, पेसागत संघसंगठनलाई प्रेस चौतारी नेपाल हार्दिक आह्वान गर्दछ’, संगठनका महासचिव हीरामान लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस चौतारी नेपालले आगामी दिनमा पत्रकारलाई निर्बाध समाचार सङ्कलनको वातावरण बनाउन आह्वान गरेको छ । संगठनले पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।