
काठमाडौं, २२ जेठ । सिमराकी प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइबा प्रधान कार्यालय तानिएकी छिन् ।
इलाका प्रहरी कार्यालय सिमरा, बाराकी डएसपी वाइवालाई हेडक्वार्टर तानिएको हो । डीएसपी वाइबा केही दिनअघि तोकिएको समयभन्दा पनि ढिलासम्म महोत्वसमा कार्यक्रम सञ्चालन गरेपछि आफैँ स्टेजमा गएर गायकको माइक खोसेर कार्यक्रम बन्द गराएपछि चर्चामा आएकी थिइन् ।
तर उनको सरूवाको कारण भने जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँगको विवाद भएको बताइन्छ ।
वाइबाले इलाका प्रहरी कार्यालय सिमरालाई जितपुर सिमरा उपमहानगरपालिकाले सहयोगस्वरूप दिने गरेको तेलको कुपन च्यातेपछि प्रसाईँ र वाइबाबीच विवाद भएको बताइएको छ ।
यहीबीचमा प्रसाईँले वाइवालाई प्रमुख जिल्ला अधिकारीलाई भनेर सरूवा गरिदिने धम्की दिएका थिए ।








प्रतिक्रिया