२ असार २०८३, मंगलबार

महिला ओछ्यानमा मृत फेला, श्रीमान र सासु फरार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २१ जेठ । रौतहटमा एकजना महिलाको घरमै शव फेला परेको छ ।

कटहरिया नगरपालिका–१, भासेढवा गाउँ २२ वर्षीया अल्का यादव आफ्नै घरको ओछ्यानमा मृत फेला परेकी हुन् ।

उनका ससुरा रामपुकार यादवलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरिरहेको छ भने श्रीमान् अनकेश यादव र सासु शान्तिदेवी फरार रहेका छन् ।

उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।