११ असार २०८३, बिहिबार

मदन भण्डारीले देखेको सपना साकार गर्न समृद्ध नेपाल सुखी नेपालीको अवधारणा : प्रदीप ज्ञावाली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी

उदयपुर, २१ जेठ । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञावालीले मदन भण्डारीले देखेको सपना साकार गर्न समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पार्टीले अघि सारेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनको आयोजना तथा नेकपा (एमाले) पार्टी स्कुल बिभाग उदयपुरको समन्वयमा आयोजित जनताको बहुदलीय जनवादको आलोकमा समृद्धिको यात्रा विषयक प्रशिक्षनात्मक बिचार गोष्ठीलाई सम्बोधन गर्दै ज्ञावालीले मदन भण्डारीले आज भन्दा झण्डै ३० बर्ष अघि देखेको सपना जनताको बहुदलीय जनवादलाई मूर्तरुप दिन एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सारेको बताएका हुन् ।

बहुदलीय प्रणाली, लोकतान्त्रिक पद्धतिबाट जनताको समर्थन प्राप्त गरी सत्तामा पुग्ने र समाजवाद निर्माण गर्ने जननेता मदन भण्डारीको सपनालाई साकार पार्न एमालेले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो मुल एजेन्डा बनाएर अघि बढेको उनको भनाइ छ ।
उपमहासचिव ज्ञावालीले मदन भण्डारीले देखेको त्यो सपना जनताको बहुदलीय जनवाद सशस्त्र क्रान्तिको सट्टा बहुदलीय लोकतन्त्र समाजवादतर्फ अघि बढ्ने वैचारिक मार्गदर्शक सिद्धान्त रहेको बताउदै बिगतमा भएको दश बर्षे सशस्त्र द्वन्द्वले जनताको जीवनमा कुनै परिवर्तन गर्न नसकेको र जनताका जीवनमा परिवर्तन गर्न बहुदलीय लोकतन्त्र स्थापन गर्नु पर्ने आवश्यकता एमालेले ३० बर्ष अघि नै मदन भण्डारीको नेतृत्वमा स्थापन गर्न चाहेको जिकिर गरे ।

मुलुकलाई चरम द्वन्द्वमा पुर्याएको माओवादी समेत अन्ततः एमाले र मदन भण्डारीले देखेको सशस्त्र क्रान्तिको सट्टा बहुदलीय लोकतन्त्र समाजवादतर्फ अघि बढ्ने वैचारिक मार्गदर्शक सिद्धान्तमा आएको बताउदै आज मुलुक सोही एजेन्डामा अघि बढिरहेको उनको भनाइ छ । एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको महत्त्वपूर्ण राष्ट्रिय आकांक्षालाई राज्यले १५औं र १६ राष्ट्रिय योजनामा समावेश गरेर अघि बढेकोले एमालेले देखेको सपना आज राष्ट्रकै सपना भएको दावी गरे ।

एमाले उपमहासचिव ज्ञावालीले पछिल्लो समय देशमा केही नभएको भन्ने गलत भाष्य सामाजिक संजालमा लेखिने गरेको भन्दै तथ्य र डेटाबेसका आधारमा सबैले तर्क गर्नु पर्नेमा जोड दिए । भौतिक पुर्वाधार, संचार, बिजुली, शिक्षा, स्वास्थय जस्ता क्षेत्रमा हिजो के भएको थियो र आज के भएको छ भन्ने डाटा हेरेर बोल्न सम्पूर्णलाई आग्रह गरे ।

उनले राज्यले गर्नु पर्ने धेरै कुरा बाकी रहेको भए पनि देशमा केही नै भएन भनेर भन्ने भाष्य स्थापित गरेर युवा शक्ति पलायन पार्न उद्धत हुने जो कोहीको पहिचान गर्नु पर्ने धारणा राखे । उनले एमालेले कुनै पनि बहानामा राज्यको आवश्यकता र देशलाई बहुदलीय लोकतन्त्रकै माध्यम बाट समाजवाद तर्फ लैजाने दावी गरे ।

कार्यक्रममा नेकपा एमालेका पुर्व सचेतक बिशाल भट्टराई, एमाले पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरी, मदन भण्डारी फाउन्डेसन कोशी प्रदेश अध्यक्ष गोपाल गुरागाईं, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम कोशी प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।