२२ असार २०८३, सोमबार

विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिने बताएका हुन् । अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गरे ।

उनले भने,पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिनुका साथै विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन सकेको छैन । चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढताव्यक्त गनै चाहान्छु ।’

त्यस्तै उनले बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै नसुनिएको भन्दै यो सकारात्मक पक्ष रहेको धारणा राखे । सानाठूला सबै आयोजनाहरूमा स्रोतको सही सदुपयोग र जवाफदेहिता सुनिश्चित गरिने उनले उल्लेख गरे ।

उनले भने, ‘बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै सुनिएन, यो सकारात्मक छ । तर हाम्रो मुख्य चुनौती पुँजीगत खर्च बढाउने र चालु खर्च नियन्त्रण गर्ने हो । यसमा हामी गम्भीर छौँ । तीन करोडसम्मका आयोजनामा देखिएका समस्या र सार्वजनिक खरिद ऐनका केही प्रावधानले पारेको अप्ठ्यारोबारे सरकार सचेत छ र आवश्यक सहजीकरणको लागि प्रयासरत छ’उनले भने ।