२७ जेष्ठ २०८३, बुधबार

दुर्गा प्रसाईँसहित ३९ जनाको आजबाट थुनछेक बहस

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘संयुक्त जनआन्दोलन समिति’ का जनकमाण्डर दुर्गा प्रसाईंसहित ३९ जनाको आजबाट थुनछेक बहस सुरू भएको छ ।

उनीहरूको बयान सकेर थुनछेक बहस सुरू भएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस सुरू भएको हो ५० जनाविरूद्ध दायर भएको मुद्दामा ३९ जना मात्रै उपस्थित छन्।

५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो । जसमध्ये प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा दायर भएको छ ।

यो मुद्दामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणा धरौटीमा रिहा भएका छन् ।