२ असार २०८३, मंगलबार

नेपालको समृद्धिका लागि भारत र चीनको सहयोग आवश्यक : ईश्वर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २० जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि र विकासकालागि भारत र चीन जस्ता छिमेकी मित्र राष्ट्रहरूको साथ र सहयोग अत्यावश्यक रहेको बताएका छन् ।

चीन सरकारअन्तर्गतको चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट नेपाल कार्यालयद्वारा जनकपुरधामस्थित प्रसिद्ध सरस्वती नमूना माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा उक्त संस्थाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे ।

‘नेपालको आर्थिक विकासमा चीन सरकारको उल्लेखनीय योगदान छ,’पोखरेलले भने, ‘हामीले भारत र चीन दुवैसँग मित्रवत् सम्बन्ध कायम राख्न चाहेका छौँ । छिमेकी राष्ट्र परिवर्तन गर्न नसकिने भएकाले समानान्तर र सन्तुलित सम्बन्ध आवश्यक छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका दुवै मुलुकको साथ र सहकार्यबाट मात्र नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एमालेकी पोलिट्ब्युरो नेतृ तथा प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले चीन सरकारले नेपालको भौतिक पूर्वाधार निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक रहेको बताइन् ।