
काठमाडौं, २० जेठ । लगातार संसद अवरूद्व गर्दै आएका विपक्षी दलले अन्ततः गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिन तयार भएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि राजीनामा माग गर्दै विपक्षीले संसद अवरोध गरिरहेका छन् । सभामुख देवराज घिमिरेको पहलमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्षले गृहमन्त्रीलाई बोल्न दिन आग्रह गरेको थियो ।
बैठकमा विपक्षीहरुले २०६४ यता गृहमन्त्री र श्रममन्त्री बनेका सबैमाथि छानबिन गर्न सत्तापक्ष तयार भए सदनमा गृहमन्त्रीलाई बोल्ने दिने बताएका हुन्।
अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा छन् ।














प्रतिक्रिया