
काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
सरकारले बजेटमार्फत ढुंगा–गिट्टी निर्यात खुलाउने निर्णय गरेर अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री र अर्थमन्त्रीले सर्वोच्चकै परमादेश अवज्ञा गरेको भन्दै तत्काल पदमुक्त गर्न माग गरिएको छ ।
रिट दर्ता हुन भने बाँकी छ ।








प्रतिक्रिया