२१ असार २०८३, आइतबार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत ८५ लाख ५१ हजार ३३४ रूपैयाँ वैधानिक आय देखिएको साथै यस अवधिमा जग्गा खरिद, घर निर्माणलगायतमा १ करोड ९३ लाख ८९ हजार ६३७ रूपैयाँ खर्च देखिएको छ । जसमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको स्रोत खुल्न नसकेको हो ।

उनीविरूद्व गैरकानूनीरूपमा आर्जन गरेको रकम बराबरकै बिगो माग गरिएको छ ।

सोडारी एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतासमेत हुन् ।