
काठमाडौं, १९ जेठ । यातायात व्यवसायीका कारण आज सार्वजनिक यातायात बन्द भएपछि नेपाल प्रहरीले निःशुल्क बस सेवा दिइरहेको छ ।
प्रहरीले सर्वसाधारणका लागि विभिन्न २ रुटमा निस् बससेवा सञ्चालन गरेको हो । जसअन्तर्गत नक्साल-बालुवाटार-टिचिङ-चक्रपथ-नयाँ बसपार्क-बालाजु-स्वयम्भू-कलंकी-बल्खु-सातदोबाटो-लगनखेल-जावलाखेल-थापाथली-माइतीघर-पुतलीसडक-जयनेपालसम्म छ ।
यस्तै, दोस्रो रुट नक्साल-रातोपुल-गौशाला-एअरपोर्ट-कोटेश्वर-ठिमी-सल्लाघारी-सूर्यविनायक-चाबहिल-सुकेधारा-चक्रपथ-टिचङ-वालुटावार रहेको छ ।








प्रतिक्रिया