
काठमाडौं, १८ जेठ । राजावादी आन्दोलनका क्रममा आज पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सात जना रिहा भएका छन् ।
प्रदर्शनका लागि बालुवाटारतर्फ जाँदै गर्दा उनीहरू नारायणचौरबाट पक्राउ परेका थिए ।
राप्रपा सांसद सिंह भने थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेकका बेला प्रहरी परिसरबाटै पक्राउ परेका थिए । एकजनालाई भने रिहा गरिएको छैन ।
कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको हो । रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन्।








प्रतिक्रिया